कर्मचारी समायोजनमा मनोमानी भएको आरोप

Posted on: 19 Dec, 2018

पुस ४, काठमाडौँ | कर्मचारी समायोजनको कुरा उठाइरहेका बेला सरकारले समायोजनका क्रममा विशेष दक्षताबिना नै प्रक्रिया अघि बढाइरहेको कर्मचारीले आरोप लगाएका छन् । 

कर्मचारीको प्रतिनिधित्व गर्दै शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद पोखरेलले अन्य विधाभन्दा शिक्षालाई सरकारले अछुत बनाइरहेको आरोप लगाउनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलन बोल्नुहुँदै उपसचिव पोखरेलले शिक्षा क्षेत्रमा कुनै दक्षता नै नभएका व्यक्तिले शिक्षा अध्यादेश बनाइरहेको जिकिर गर्नुभयो । 

स्थानीय तह र प्रदेशलाई एकै ठाउँमा राखेर समायोजन गर्न सरकारले प्रयत्न गर्नुपर्ने उहाँको ठहर छ । कर्मचारीले कर्मचारीको पेशागत आचरण तथा नैतिकताको विषय सिकाउने र पढाउने तहका नेतृत्वकारी पदाधिकारी अध्यादेशबमोजिम कर्मचारी समायोजनमा सहभागी हुनु नपर्नुको कारण, नागरिक कर्तव्य, सिर्जनशील र जिम्मेवारी बोधको उत्कृष्ट उदाहरण के हो भन्नेलगायतका आठबुँदे जिज्ञासा समेत प्रस्तुत गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!