नवलपरासीका १७ वर्षीय किशोरको भिरबाट लडेर मृत्यु

Posted on: 24 Dec, 2018

पुष ९, काठमाडौँ | नवलपरासीका एक जना किशोरको पोखरामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी (पूर्व) बस्ने १७ वर्षीय सुजन गोले तामाङ रहेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । 

पोखरा घुम्न आएका सुजनको भिरबाट लडेर सोमबार मृत्यु भएको हो । 

पोखराको छत्रे ढुङगाको भिरबाट खस्दा घाइते भएका तामाङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!