पासोमा मृत भेटिएको चितुवाको डिएनए चार वर्षीय बालकको डिएनएसंग मिल्यो

Posted on: 29 Dec, 2018

प्रज्वल मानन्धर । पुष १४, सन्धिखर्क । डेढ महिना अघि भूमिकास्थान–९ ढिकुरा अर्घाखाँचीका चार वर्षीय आर्यन घिमिरेलाई आक्रमण गरेको केही दिन पछि पासोमा परि मरेको चितुवाको डिएनए मृतक घिमिरेको डिएनएसंग मेल खाएको छ ।


४ बर्षिय बालकको ज्यान लिएपछि आक्रोसित स्थानिय र सुरक्षाकर्मीको टोलीले संयुक्त रुपमा पियाले जंगलमा थापेको पासोमा परि मृत अवस्थामा भेटिएको चितुवाको डिएनए मृतक बालकसंग मिलेको आणुवांशिक गतिशिलन केन्द्र नेपाल काठमाडौका बायो इन्फरमेटिक्स इन्सेसियालिष्ट प्रज्वल मानन्धरले बताउनुभएको छ । 

डिभिजन वन कार्यालय अर्घाखाँचीको टोलीले मरेको चितुवाको रगत, कपाल, दिसा, र्याल र आक्रमण स्थलमा खसेको रगत परीक्षणका लागि केन्द्रमा पठाएको थियो ।उक्त चितुवाको डिएनए चितुवाको शिकार बन्नुभएका ४ बर्षिय बालक घिमिरेसंग मिल्छ कि मिल्दैन भनेर परीक्षण गर्नु परेको हो ।चितुवाको डिएनए बालकसंग मेल खाएपछि चितुवा आतंकको सास्ती खेपेका अर्घाखाँचीवासीमा भने केही राहतको अनुभुती भएको छ । 

जिल्लाका सन्धिखर्क, कुर, खांचीकोट, किमडाडा, नुवाकोट र ढिकुरामा पछिल्लो पांच वर्षको अवधिमा १५ वर्ष मुनिका १४ बालवालिका चितुवाको शिकार भइसकेका छन भने आक्रमणबाट घाइते भएका आठ बालबालिका उपचारपछि निको भएका छन् । डिएनए मिल्यो भनेर ढुक्क भने हुन नहुने सरोकारवालाले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!