बैतडीमा जिप दुर्घटना हुदा एकको मृत्यु, १ जना घाइते

Posted on: 01 Jan, 2019

कृष्ण बिष्ट । पुस १७, बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ६ को धन्ढुवामा दुर्घटना हुदा एक जानाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिकाबाट धनगडीका लागि छुटेको से १ च १५७२ नम्बरको बोलेरो जिप आज बिहान करीब १० बजेतिर दुर्घटना हुदा डोटीको जोरायल २ का २८ वर्षीय कमल सुनारको घटना स्थलमै मृत्यु भएको हो । 

जिपमा सवार अर्का तेज बहादुर रावल समान्य घाइते भएको पुर्चाैडी हाट प्रहरी चौकीका इन्चार्ज धन सिँह बडालले जानकारी दिनुभयो । चिप्लोबाट भएकाले जिप सडकबाट ५ सय मिटर तल खसेको छ । जिपमा दुइ जाना मात्रै सवार थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!