डोटीमा ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Posted on: 05 Feb, 2019

माघ २२, डोटी – डोटीमा ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । 

विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

दुव्र्यवहार गर्ने शिक्षकलाई प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ  । पीडित पक्षको जाहेरीका आधारमा शिक्षकमाथि छानबिन गरी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकको नाम खुलाएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!