प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

Posted on: 02 Mar, 2019

फागुन १८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

उहाँले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जिप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । शुक्रबार राति दार्चुलाको राताकाठामा भएको सो जिप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिकाको मृत्यु भएको थियो । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!