जन्ती बस पल्टिँदा एक जनाको मृत्यु, ११ जना घाइते

Posted on: 09 Mar, 2019

फागुन २५, चितवन (रासस) | जन्ती वोकेर रत्ननगरबाट माडीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार ११ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा माडी नगरपालिका–२ का २४ वर्षीय मिथुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस माडी नगरपालिका–१ बन्कट्टामा ना७ख २२८ नंको बस अनियन्त्रित हुँदा पल्टिएको थियो । 

चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । चालक फरार छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!