काठमाण्डौमा बर्ड फ्लू भित्रियो

Posted on: 18 Mar, 2019

चैत ४, काठमाण्डौ – तारकेश्वर र टोखा नगरपालिकाको कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । कुखुरामा बर्ड फ्लू देखिएपछी संक्रमित कुखुरा नष्ट गरिएको र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम भए नभएकोबारे अनुगमन गर्ने तयारी भइरहेको नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । । 

काठमाण्डौका थप केही ठाउँमा पनि बर्ड फ्लूको संक्रमण हुन सक्ने आशंका रहेकाले परीक्षण गर्ने तयारी भइरहेको विभागका उप–महानिर्देशक डाक्टर सम्झना काफ्लेले जानकारी दिईन । बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइरहेको छ। 

अबको ४० दिन यी ठाउँमा कुखरा पाल्न रोक लगाइएको छ । ४० दिनपछि फेरि विज्ञको टोलीले अनुगमन गरेपछि मात्र कुखुरा पाल्न पाउने नपाउने निर्णय गर्ने डा. काफ्लेले बताउनुभयो । 

काठमाण्डौको तारकेश्वर र टोखामा रहेका दुईवटा कुखुरा पोल्ट्रीफार्ममा बर्ड फ्लू भएको पुष्टि भएपछि २८ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!