इन्प्रेडको परियोजनामा युवा महिला आकर्षित

Posted on: 02 May, 2019

 प्लान नेपाल इन्टरनेश्नल र इन्प्रेड नेपालले जिल्लाका ३० वडामा आफ्नो परियोजना संचालन गरेको छ ।

संस्थाको परियोजनामा आवद्ध भएका किशोरी महिलाहरुले आयआर्जन, वित्तिय साक्षरता र सामाजिक उत्तरदायित्वबारे ज्ञान लिएका छन् । संस्थाको सहयोगबाट किशोरीहरुले कुखुरापालन, तरकारी खेती, व्यवसायीक तरकारी खेती, टनेल खेती गरेका छन् भने सहकारी पनि संचालनमा ल्याएका छन् ।

१७४ समुह, ३० संजाल, १६ सहकारी संस्थामा गरी तीन हजार ४ सय ४३ जना किशोरीहरु आवद्ध रहेको संस्थाका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले जानकारी दिए ।

हालसम्म संस्थाबाट १५० जनाले टनेल खेती, ३०० जनाले व्यवसायीक तरकारी खेती, ६०० जनाले कुखुरापालन , ६० जनाले उद्घोषण तालिम र २६० जनाले लेखा व्यवस्थापन तालिम लिएको संस्थाले जनाएको छ ।

त्यस्तै ६०० जनाले सहकारी सचेतना र व्यवस्थापन तालिम, १३५ जनाले छात्रबृत्ति र २३५ जनालाई सोलार प्यानल वितरण गरेको शर्माले बताए ।

त्यसमा किशोरीहरुलाई निशुल्क कम्प्युटर तालिम, वित्तिय साक्षरता तालिम, कृषि तथा कुखुरापालन सम्बन्धी तालिम, महिला हिंसा, बालविवाह न्यूनिकरण सम्बन्धी सचेतना जगाउँदै आएको संस्थाकाले जनाएको छ ।

संस्थाको परियोजनबारे भएको जिल्लास्तरीय अनुगमनबाट संस्थामा आवद्ध रहेका किशोरीहरुले गरेको काम सन्तोषजनक पाइएको छ । अधिकांश किशोरीहरु शुरुमा आफूहरुले केही नबुझेको र न जानेको भएपनि संस्थामा आवद्ध भएपछि आफूहरु सक्षम भएको प्रतिक्रिया दिएका छन् ।

संस्थाले संचालन गरेको परियोजना अन्तरगत कुश्मा नगरपालिका, फलेवास नगरपालिका, पैयूँ गाउँपालिका र विहादी गाउँपालिकाका ८ वडाको जिल्लास्तरीय अनुगमन गरिएको हो ।

संस्थामा लागेपछि परिवारको सहयोगमा व्यवसायिक कुखुरापालन शुरु गरेको फलेवास नगरपालिका ५ खानीगाउँकी सुविना सुनारले बताएइन । संस्थाले दिएको २० कोइलर कुखुराबाट शुरु गरेको कुखुरापालनबाट अहिले आफैले परिवारको सहयोगमा ७ सय कुखुरा पाल्न थालेको उनले बताइन ।

लगनशील युवा महिला समुहमा आवद्ध उनले संस्थाको परियोजना अन्तरगत समुह बनाएर आवद्ध हुनाले आयआर्जनको लागि धेरै नै मद्दत पुगेको बताइन ।

पैयू गाउँपालिका भोर्ले की गीता रानाले संस्थाकै सहयोगमा टनेल खेती गरेको बताइन । टनेल खेतीबाट आम्दानी राम्रो भएको उनले सुनाईन । संस्थाकै सहयोगमा टनेल खेती गरेकी हुँ, ५०÷६० हजार आम्दानी गर्न सफल भए उनले भनिन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!