एड्वानको सार्वजनिक सुनुवाइ

Posted on: 04 May, 2019

वैशाख २१, चितवन (रासस) | रत्ननगर नगरपालिकाकी सीता सुनारको जीवनमा एउटै उद्देश्य छ, आफ्ना छोरीलाई विद्यालय पठाएर शिक्षित बनाउने  । लैङ्गिक विभेदबारे जानकारी पाउनाका साथै चेतना अभिबृद्धि भएपछि उहाँमा  छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सोच पलाएको हो । 

दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान)ले यहाँ आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सीताले मात्र होइन, अधिकांश महिलाले आफ्ना छोरीलाई जसरी भए पनि विद्यालय पठाउने प्रण गरेका छन् । एड्वानले सञ्चालन गरेको महिला सशक्तीकरणसँगै आत्मनिर्भरनताका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेकाले उहाँहरूको सोचमा  परिर्वन आएको हो ।

एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार÷व्यावसायका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको छ । राज्यको मूलधारबाट पछाडि पारिएका गरीब तथा दलित महिलालगायत अति सीमान्तकृत सुमदायलाई शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिकरुपमा सशक्त बनाउने उद्देश्यले एड्वानले त्यस्ता समुदायको अधिकारका लागिसमेत पैरवी गर्दै आएको छ ।

सामाजिक अभियान्ता तथा एड्वानकी संरक्षक डा विष्णुमाया परियारले सबै प्रकृतिका विभेद अन्त्य गर्दै शिक्षमा समान पहँुच हुनुपर्नेमा जोड दिनुभयो । एड्वानले शुरुदेखि नै गरीब विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नाका साथै ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायलाई  आयमूूलक सीपसमेत सिकाउँदै आएको छ ।

विसं २०५५ मा स्थापना भएको एड्वानले अहिलेसम्म आर्थिक अवस्था कमजोर भएका एक हजार विपन्न विद्यार्थी छात्रवृत्ति प्रदान गरिसकेको छ । सो संस्थाका अध्यक्ष पम्फा परियारले विसं २०५९ देखि २०६८ सम्म विद्यालय पोशाक वितरण कार्यक्रमसमेत सञ्चालन गरेको र सो कार्यक्रममार्पmत गोरखा, बागलुङ, अर्घाखाँची, चितवन, मुगु, झापा र इलामका १५ हजार ६७३ छात्रछात्रा लाभान्वित भएको जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!