अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण

Posted on: 08 May, 2019

माधव बेल्वासे ।  वैसाख २५, कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिकाले अपागंता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्य सुरु गरेको छ । अपांगता समन्वय तथा संरक्षण समितिले पुर्णता दिई अपागंता परिचय पत्र वितरण कार्यविधि २०७५ पास गरी परिचय पत्र वितरण कार्य सुरु गरिएको हो ।


मंगलवार शिवराज नगरपालिका वडा ९ का  १६ जना अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरी सुभारम्भ गरीएको हो ।  गम्भिरताको आभारमा वितरण क वर्गको एक जनालाई ख वर्गको दुई जनालाई ग वर्गको तिन जनालाई र घ वर्गको परिचय पत्र वितरण गरिएको  शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले वताइन । 

अपागंता व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले फरक क्षमता भएको नागरिकहरुका लागी नगरपालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्ने वताए । सामान्य खर्चको लागी आफुले सक्दो काम गर्नुपर्ने जनाउदै परिचय पत्र पाएपछी राज्यले व्यावस्था गरेको भत्ता वापतको रकम पाउने जनाए ।

 शिवराज नगरपालिकामा रहेका एघार वटा वडालाई आफनो वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लगत तयार गर्न निर्देशन दिएको र जेष्ट महिनाको सम्म पहिलो चरणको परिचय पत्र वितरणको गरिने शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । 

शिवराज नगरपालिकामा रहेको  कतिपय अपाङ्गता भएका व्यक्तिहरुले परिचय पत्र नै नपाएको उनिहरुको अधिकार हनन भएको नगरस्तरी अपांग पुनस्थापन समितिका अध्यक्ष दिपक खड्काले वताए । प्रत्येक वर्ष अपांग भएका व्यक्तिहरुलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकाको तथ्याङ्ग अनुसार ४३८ जना अपाङ्गता भएका व्यतिmहरु भए पनि ३२५ जनाले परिचय पत्र प्राप्त गरेको महिला विकाश कार्ययालय कपिलवस्तु वाट  प्राप्त गरेको अभिलेखमा उल्लेख गरिएको छ । अब शिवराज नगरपालिकाले ११३ जनालाई  परिचय पत्र वितरण गर्ने महिला तथा बालबालिका शाखा प्रमुख शारदा गुप्ताले बताइन् । वितरण कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,उपप्रमुख शिवकुमारी थारु,प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,शिवराज नगरपालिका वडा न ९ का अध्यक्ष जिवन खड्का, नगरस्तरी अपांग पुनस्थापन समितिका अध्यक्ष दिपक खड्का,वडा सचिव प्रेमसागर वली लगाएतको सहभागीता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!