रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बाबुआमा घाइते

Posted on: 10 May, 2019

बैशाख २७, धनुषा  | रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु भएको छ । 

राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो । घर भत्किँदा परिएर रामलोचनका  ४ महिने  छोरा सन्तलाल रामको ज्यान गएको छ । रामलोचन र उहाँकी श्रीमती मरछियादेवी घाइते भएका छन् ।  

बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनैजनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो । 

उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!