बझाङमा एक किशोरीको हत्या

Posted on: 02 Jul, 2019

असार १७, बझाङ | बझाङको बुङ्ग्गल नगरपालिका वडा न २ स्थित मल्ला बस्तीकि २० बर्षिया ललीता कुमारी धामीको बीभत्स हत्या भएको छ । सोमबार राती ११ बजेतिर घरबाट हिडेकी ललीतालाई एक स्थानीयले भेट्दा ललिता लुकेर भागेकी थिइन् । त्यसपछि उनि एक घरबाट खाना खाएर अर्को घरमा सुत्न जादा बिजगडा लछिबगर सडक खण्डको टाङ्का भन्ने ठाउमा रोडको छेउमै उनि मृत अवस्थामा भेटिएकी हुन् ।  

उनलाई गाडीले टाउको किचेको अवस्थामा फेला पारिएको थियो । उनको शवसंगै एउटा लाभा कम्पनीको मोबाइल, खुट्टामा एउता फ्लाइट चप्पल भेटिएको छ । स्थानीयका अनुसार कालङ्गा हाइड्रो प्रा.लिको जेसीबी ड्राइभरले यो घटना घटाएको हुन सक्ने स्थानीयको भनाइ छ । ललिता संगैको साथीको बयानका अनुसार उक्त जेसिबी ड्राइभरसंग ललिताको बेला-बेलामा फोन सम्पर्क तथा भेटघाट हुने गरेको थियो ।


इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी निरीक्षक जनक धामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त जेसिविका चालकलाई नियन्त्रणमा लिएको र शवको पोस्ट मार्टम बिना र सत्य/तत्य तथा सोधपुछ नभएसम्म हत्यारा को हो भन्ने बिषयमा छुट्याउन नसकिने प्रहरी निरीक्षक जनक धामीले बताएका छ्न् ।

बुङ्गल नगरपालिका वडा न १/२ का केही बिद्यालयका बिद्यार्थीहरुले उक्त घटना प्रति शोक ब्यक्त गर्दै हत्यारालाई कानुनि कारबाही गर्न भन्दै केहि समय नाराबाजि समेत गरेका थिए । उनीहरुले कालङ्गा हाइड्रो प्रा.लि को बा २ क ५४०१ र ना १ क ६७ ८९ नम्बरको दुई वटा टिप्परमाथि तोडफोड समेत गरेका छ्न् । कालङ्ग हाइड्रो प्रा.लिले शवको जिम्मा नलिएसम्म शवलाई घटना स्थलबाट उठाउन नदिने स्थानीयले बताएका छन् । कालङा हाइड्रो प्रा.लिले मृतक आफ्नै कम्पनीको सवारीले हानेर मृत्यु भएको ठहर भए हत्यारालाई कानुनी कारबाही गर्न र मृतकका परिवारलाई क्षेती-पुर्ती उपलब्ध गराउन तत्पर रहेको बताएको छ । 

- ध्रुव विष्ट (रेडियो सेरोफेरो) को सहयोगमा प्राप्त समाचार ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!