प्रधानमन्त्रीलाई स्कुटरमा बसेर यात्रा गर्न संसद्को आह्वान

Posted on: 04 Jul, 2019

असार १९,  काठमाडौं । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसकि संसद  रंगमती शाहीले ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । 

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’

मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!