नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन

Posted on: 27 Aug, 2019

भदौ १०, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन भएको छ । मङ्गलबार सम्पन्न आर्थिक महिला पत्रकारहरुको भेलाले सात सदस्यीय महिला विभाग गठन गरेको हो । गठित विभाग प्रमुखमा आर्थिक अभियान राष्ट्रिय दैनिककी प्रजिता बुढाथोकी रहेकी छिन् । 

सदस्यहरुमा मेरो लगानी डटकमकी सुधा देवकोटा, इन्स्योरेन्स खवर डटकमकी रिना खत्री, आर्थिक अभियान राष्ट्रिय दैनिककी मल्लिका घिमिरे, अन्नपूर्ण पोष्ट दैनिककी सपना महर्जन र आर्थिक पत्रकारितामा कलम चलाउँदै आएका दिप्ती भट्ट र मिना आचार्य रहेका छन् । नव गठित विभागकी प्रमुख नाफिज केन्द्रिय कार्यसमिति सदस्य हुन । 


प्रादेशिक संरचना अनुसार नाफिजले आफ्नो संरचना विस्तार गर्दै आएको छ । आर्थिक पत्रकारिता क्षेत्रमा महिलाहरुले भोगेका साझा समस्याको आवाज उठाउँन र आर्थिक क्षेत्रका समग्र महिलाहरुको शशक्तिकरणका लागि नव गठित विभागले काम गर्नेछ । विभागको उदेश्य भनेको पत्रकारिता क्षेत्रमा महिलाहरुले पनि आफ्नो छुट्टै पहिचान बनाउने हिसावमा काम गर्ने वातावरण सृजना गर्नु हो ।

नेपाल आर्थिक पत्रकार संघ( नाफिज) को अध्यक्ष सीताराम भट्टराईको सभापतित्व एवम् संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति माननिय कल्याणी खड्काको प्रमुख आतिथ्यतामा महिला विभाग गठन भएको हो । कार्यक्रममा बोल्दै संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति खड्काले नवगठित विभागका पदाधिकारीहरुलाई शुभकामना दिर्दै आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि तयार रहेको बताईन । 


सृष्टीको सृजना गर्ने महिलाहरुले जुन सुकै काम गर्न सक्ने वताउदैं उनले आर्थिक पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाउन महिला पत्रकारहरु निरन्तर लाग्नुपर्नेमा जोड दिईन । नाफिजका अध्यक्ष सीताराम भट्टराईले आर्थिक पत्रकारितामा महिलाहरुको विशेष भुमिकाको आवश्यकतालाई महसुस गरी यस क्षेत्रमा महिला शशक्तिकरणको सुरुवातका लागि विभाग गठन गरिएको बताए । यो थालनी नेपाली आर्थिक पत्रकारितामा महिला शशक्तिकरणका लागि नयाँ कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!