सन्दीप लामिछानेले ६ करोडमा किने काठमाडौँमा घर

Posted on: 06 Nov, 2019

कात्तिक २०, काठमाडौं | नेपालका युवा क्रिकेट स्टार सन्दीप लामिछानेले काठमाडौंको बुढानिलकण्ठमा ६ करोड रुपैयाँमा खरिद गरेका छन् | स्याङजामा जन्मेका सन्दीपको स्थायी बसोबास चितवनमा थियो । काठमाडौंमा घर खरिद गरेपछि उनले बुवा आमालाई पनि यतै ल्याएर राखेका छन् |

३ वर्षयता अन्तर्राष्ट्रिय टि-२० लिगहरु खेल्न थालेयता छोटो समयमै करोडौं आर्जन गरिसकेका छन् सन्दिपले । आठ वटा देशका टि-२० प|mेन्चाइज खेलेका उनी सर्वाधिक देशमा क्रिकेट खेल्ने क्रिकेटरको रुपमा दर्ज छन् । हालै मात्र उनी बेलायतको ‘द हन्ड्रेड’ मा डेढ करोड मूल्यमा अनुबन्ध भएका थिए । साथै उनले यूएईमा आयोजना हुने टि-१० लिग पनि खेल्ने छन् । यसमा उनी ४५ हजार अमेरिकी डलरमा आबद्ध भएका हुन् ।

इन्डियन पि्रमियर लिग -आईपीएल)मा खेल्न थालेदेखि सन्दीपले पछाडि फर्केर हेर्नु परेको छैन | उनी नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य पनि हुन् । अन्डर १९ विश्वकपमा ह्याटि्रक गरेर चर्चामा आएका सन्दीपले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!