मंसिर २९, काठमाडौँ | नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले हिमपात र बर्षा भइरहेको छ | जसको कारणले चिसो बढे संगै देशै भरिको जनजीवन प्रभावित बनेको छ | मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांस भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ |
आइतबार देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी पहाडी भू-भागको / १ /२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ |
त्यस्तै आइतबार राति पनि हल्का बदलि र बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!