चितुवाको आक्रमणबाट बैतडीमा १ जना घाइते

Posted on: 05 Mar, 2020

फागुन २२, बैतडी | बैतडीमा चितुवाको आक्रमणबाट एक घाइते भएका छ्न | 

जिल्लाको शिबनाथ गाउपालिका ४ खडितका १६ बर्षिय हर्क बहादुर साउद चितुवाको आक्रमणबाट घाइते भएका हुन | पुजामा जाँदै गरेका साउदलाई बुधबार साझ करिब ७ बजे तिर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ |

प्रहरीका अनुसार घाइते साउदको पिपलकोट उपस्वास्थ्य चौकिमा उपचार भईरहेको छ | उनको दायाँ खुट्टामा चितुवाले घाउ पारेको छ । चितुवाको आक्रमणबाट हालसम्म बैतडीमा २४ जनाले ज्यान गुमाईसकेका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!