डडेल्धुराका दुई अस्पतालमा आइसोलेसन कक्ष

Posted on: 16 Mar, 2020

चैत ३, डडेल्धुरा | डडेल्धुराका दुईवटा ठूला अस्पतालमा आइसोलेसन वार्ड तयार पारिएको छ |  कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि जिल्लाको डडेल्धुरा अस्पताल र भित्रि मधेश जोगबुढास्थित परशुराम नगरपालिक– मा रहेको जोगबुडा अस्पतालमा एउटा/एउटा आइसोलेसन वार्ड तयार पारिएको छ |

डडेल्धुरा अस्पतालमा पाँच शैया र जोडबुडा अस्पतालमा तीन शैया क्षमताको अलग कक्ष निमार्ण गरी आवश्यक औषधि पनि स्वास्थ्य कार्यालयले व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ |

दुई सीमा नाकाका डुंगा ओहोरदोहोर बन्द

कोरोना भाइरसबाट जोगिन डडेल्धुराको परशुराम नगरपालिकाअन्तरर्गत भारतीय सीमासँग जोडिएका दुई नाकाका डुंगा चलाउन बन्द गरिएको छ। परशुराम नगरपालिकाको तातापानी सिसमजालाघाट र परिगाँउ बाङघाट नाकामा संचालित डुुंगा चैत्र ४ गतेदेखि केहि दिनका  लागि बन्द गर्ने निर्णय गरिएको हो |

सीमा नाकामा हेल्थ डेस्क स्थापना भएपनि आवश्यक स्वास्थ्य सुरक्षाको अभावका कारण डुंगा ओहोरदोहोर बन्द गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउँदले बताए।  स्थानीय ती नाकाबाट दैनिक उपभोग्यका सामानदेखि अन्य लत्ताकपडा र खाद्यान्य किनबेच गर्ने गर्दछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!