थप १२४६ जनामा काेराेना संक्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ५० हजार नाघ्याे

Posted on: 10 Sep, 2020

भदौ २५, काठमाण्डाै । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० हजार चार सय ४६ पुगेकाे छ ।

गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ४४ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे ।

यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३५ हजार सात सय पुगेको छ ।  

 पछिल्लाे २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!