पछिल्लो २४ घण्टामा २७३६ कोरोनासंक्रमण पुष्टि, २२ जनाको मृत्यु

Posted on: 10 Nov, 2020

कार्तिक २५, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ | मन्त्रालयका अनुसार त्यस्तै पछिल्लो २४ घण्टामा ८५३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । 

यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!