फेसबुक पेजमा कामको विज्ञापन राखी ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौँ | सामाजिक संजाल फेसबुक पेजमा विभिन्न कामको विज्ञापन राखी ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् | दोलखा जिरी नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौँको  काडाँघारी बस्दै आएका शिब खड्का लाई प्रहरीले पक्राउ गरेको हो |

महानगरीय अपराध महाशाखाको टोलीले २३ बर्ष खड्कालाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ | उनले बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिएर सुरुमा रु. १५०० देखि ३५०० सम्म इ-सेवा मार्फत डिपोजिट गर्नुपर्छ भन्दै ४३ जना युवाहरुबाट रकम ठगी गरेका थिए |

उनीमाथि थप अनुसन्धान भइरहेको र यस्ता खालका प्रलोभनमा नपर्न महाशाखाले अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!