डा. गोविन्द केसीले गरे अनसन स्थगित

Posted on: 24 Feb, 2021

फागुन १२, काठमाडौँ । चिकित्सक डाक्टर गोविन्द केसीले बुधबारदेखि सुरू गर्ने भनेको अनसन स्थगित गरेका छन् । बिध्बार केसीले माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै अनसन स्थगित गरेको जानकारी दिएका हुन्। 

संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले स्थगित गरेको उनले बताए । 'आज फागुन १२ देखि सुरू गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं' उनले भने । तर आफूसित विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएसम्म सत्याग्रह जारी रहने उनले उल्लेख गरे ।

नयाँ सरकारलाई जवाफदेही बनाउने आफ्नो अभियान निरन्तर रहने उनले जानकारी गराए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!