कानुन मिचेर बिएण्डसी कलेजलाई सम्बन्धन दिन लागेकोप्रति कांग्रेसको आपत्ति

Posted on: 02 Mar, 2021

फागुन १८, काठमाडौँ । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी  कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप भन्दै आपत्ति जनाएको छ । 

कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफँैले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ । 

प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!