अछामका दूई ठाउँमा ५०/५० हजार राशिका जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुँदै

Posted on: 08 Oct, 2017

कमल रावल/असोज २२, अछाम । अछाम जिल्लामा अहीले सम्मकै सबैभन्दा ठुला धनराशिका २ वटा क्रिकेट प्रतियोगिता हुने भएका छन । 

क्षेत्र स्तरिय समान ५०—५० हजार राशिका क्रिकेट प्रतियोगिता हुन लागेका हुन । क्षेत्र अनुसार अछामको क्षेत्र नम्बर १ रिडीकोट र क्षेत्र नम्बर २ को कमलबजारमा प्रतियोगिता हुन लागेका हुन । क्षेत्र नम्बर १ को बडासैन खेलमैदान रिडीकोटमा असोज २३ गते सोमबार बाट र २ को कमलबजार एयरपोर्ट मैदानमा असोज २६ गते बिहिबार बाट प्रतियोगिता सुरु हुन लागेका आयोजकले जनाएका छन ।

क्षेत्र नम्बर १ रिडीकोटमा हुने प्रतियोगितालाई सफल पार्नका लागि स्थानिय तह नगरपालिका र वडा तथा साफेबगर क्षेत्रका बजारमा सहयोगका लागि अभियान बढाईएको खेलाडी अनिल कुवरले बताउनु भयो । 

रिडीकोटमा विगत बर्षहरु देखि प्रतियोगिता हुदै आएकाले यसपाली झनै ब्यवस्थित सहीत ठुलो धनराशिको बनाईएको बताउनु भयो । प्रतियोगितामा अछाम, डोटी, बाजुराका टिमले सहभागीता जनाउने बताईएको छ । यता क्षेत्र नम्बर २ को कमलबजारमा भने पहीलो पटक नै ठुलो धनराशिको प्रतियोगिता हुन लागेको हो । 


कमलबजार नगरपालिकाको सहयोग तथा अछाम क्रिकेट सँघको समन्वयमा हुन लागेको प्रतियोगिताका लाई सफल पार्नका लागि आवश्यक तयारी अघि बढेको खेलाडी विर बहादुर भण्डारीले बताउनुभयो । 

कमलबजारमा प्रतियोगितामा प्रथम टिमले ५० हजार र दोस्रो हुनेले २० हजार हात पार्ने भएको छ । प्रतियोगितामा अछाम जिल्ला लगाएत छिमेकी जिल्लाका टिमले समेत सहभागिता जनाउने आयोजकले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!