पूर्वराजा ज्ञानेन्द्र सुर्खेत आएर के-के गरे गरे ? (फोटोफिचर)

Posted on: 17 Jan, 2018

दलसिंह गिरी/माघ ३, सुर्खेत । केहि हप्तादेखि पश्चिम नेपालको भ्रमणमा निक्लीएका पूर्व राजा ज्ञानेन्द्र शाह आज बुधबार वीरेन्द्रनगर सुर्खेतमा आएका छन् । 


पश्चिम नेपालका विभिन्न धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमणका लागि निक्लिएका पूर्व राजा शाह सुर्खेतको प्रशिद्ध धार्मिक स्थल देउती बजै मन्दिरको पुजापाठको लागि सुर्खेत आएका हुन् । 

आज बुधबार विहान सुर्खेत आईपुगेका पूर्वराजा शाहले विहान ११ बजे देउती बजैको दर्शन एवं पुजापाठ गरेका छन् । करिव सवा घण्टा पुजापाठ गरेका शाह पुजापाठ सकिए लगतै कडा सुरक्षाका विच वीरेन्द्रनगरको बजार परिक्रमा गरेका छन् । 


केही समय अवलोकनमा खर्चिएका शाह सुर्खेतको एक प्रशिद्ध होटल शुभहोटलमा विहानी पखको खानपीन समेत गरेका छन् । विहानी खानपीन लगतै आफ्ना शुभचिन्तक संगको भेट–घाटमा ब्यस्त रहेका शाह आजै सुर्खेतको प्रशिद्ध पर्यटकिय स्थल बुलबुलेताल र धार्मिक स्थल काक्रेविहारको पनि अवलोकन गरी आजै नेपालगंज तर्फ फर्किने समय तालिका रहेको स्वागत सत्कार कार्यक्रमका आयोजक मण्डल सदस्य घनश्याम गिरीले बताएका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!