कर्णालीमा एमालेद्वारा सरकारमाथिको समर्थन फिर्ता

Posted on: 10 Apr, 2023

चैत २७, सुर्खेत | नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेश दलका नेता यामलाल कँडेलले बताए ।

मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!