कर्णालीमा कांग्रेसका ३ मन्त्रीले लिए शपथ, मन्त्रालय फुटाएर एक मन्त्री थप

Posted on: 20 Apr, 2023

बैशाख ७, कर्णाली | कर्णालीमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन् । मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए ।

नवनियुक्त मन्त्रीमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक विकास मन्त्रालय र बिसीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले आज ऊर्जामन्त्रीको रूपमा आज शपथ लिएकी छन् ।

साथै, कर्णाली प्रदेशमा मन्त्रालयको संख्या पनि आठ नै बनाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो ।

यसअघि एमाले-माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा गाभिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!