एड्भान्सले निरुतालाई नि:शूलक पढाउने

Posted on: 26 Mar, 2017

चैत १३, सुर्खेत । वीरेन्द्रनगरको वडा नं ३ तातापानी स्थित एड्भान्स वेटर ईङ्गलिस मेडियम सेकेण्डरी स्कूलले सोही विद्यालयको कक्षा ६मा अध्ययनरत निरुता कोईरालालाई निशूल्क अध्यापन गराउने घोष्णा गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य मणिराम देवकाटाले छात्रा कोईरालालाई विद्यालयमा अध्ययन गर्दा सम्म निःशूल्क अध्ययन गराउने घोषणा गरेका हुन् । गोजुरियो कराँतेकी खेलाडी कोइराला विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा हुन् ।

विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय प्रतियोगितामा सभागी भई पटक–पटक स्वर्ण रजत र कास्य पदक विजेता कोइरालालाई उनको सम्मान स्वरुप निःशुल्क विद्यालयले अध्यापन गराउने घोषणा गरेको प्राचार्य देबकोटाले बताएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!