सुर्खेतको सिम्तामा जिप दुर्घटना हुँदा ४ जना घाइते

Posted on: 29 Aug, 2017

भदौ १३,  सुर्खेत | सुर्खेतको सिम्तामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । 

सिम्ता गाउँपालिकाको डाडाँखालीबाट राकम आउँदै गरेको लु १ च ७३६५ जिप व्रेकफेल भई दुर्घटना भएको हो । गाउँपालिकाको वडा नं. ७ गायाखोलामा भएको दुर्घटनामा परी घाइते भएका ४ जनालाई उपचारको लागि नेपालगंज पठाइएको एसपि मोहन आचार्यले जानकारी दिनुभयो । 

घाइतेहरुको अवस्था सामान्य रहेको उहाँले वताउनुभयो । दुर्घटनाग्रस्त जीपमा ५ जना सवार रहेपनि १ जना सकुशल छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!