थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कहाँ-कहाँका ?

Posted on: 01 Jun, 2020

जेठ १९, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ६१० पुगेको छ । यो संख्या कर्णाली प्रदेशका दुई जिल्लाको आइतबार राति थप देखिएका ४३ संक्रमितलाई जोड्दा आएको कोरोना संक्रमितको संख्या हो । 

नयाँ संक्रमितहरुमा जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । 

यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ । 

कर्णाली प्रदेशका नयाँ संक्रमित जुम्ला र दैलेखका ? 

प्राप्त पछिल्लो रिपोर्टहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परीक्षण गरेपछि आएका नयाँ रिपोर्टहरु हुन् । 

जस अनुसार कर्णाली प्रदेशको दैलेखमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेख नारायणका ९ जना, सिम्दाका २ जना, देवलकाडाका ३ जना, सोतका १ जना, सादुका १ जना, जुकेपानीका १ जना, दुल्लुका ७ जना रहेका छन् ।

त्यस्तै जुम्लाका १९ जनामा पनि कोरोना संक्रमण देखिएको छ । जसमा हिमाका ८ जना, सिंजाका ९ जना र जिल्ला प्रहरी कार्यालयका २ जनामा कोरोना संक्रमण देखिएको छ । 

यो रिपोर्ट आउनुअघि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५६७ जना कोरोना संक्रमित पुष्टि गरेको थियो । 

जस अनुसार आइतबार थपिएका संक्रमितहरुको विवरणहरु:

तनहुँ (रिसिङ) - १ जना

स्यांग्जा (गल्याङ) - २ जना

पर्सा (सुगौली) - ५ जना

कालिकोट (शुभकालिका, महई) - १८ जना 

दैलेख (दुल्लु, नारायण, सिम्दा, देवलकान, रातापानी, सादु)- १८

बाजुरा (जुजनाथ)- १ जना

सल्यान (कुपिन्डे)- २५ जना 

सुर्खेत (बराहताल) - १ जना

कपिलवस्तु (शिवराज) - १ जना

बाँके (नारिनापुर, खजुरा, नेपालगंज, बैजनाथ) - ८ जना

सप्तरी (राजगढ) - १२ जना 

कैलाली (भजिनी, जानकी, त्रिनगर) - ३ जना

बाजुरा - २ जना 

झापा (गौरीगंज) - ४ जना

मोरङ (विराटनगर) - १ जना

धनुषा (मुखियापट्टि) - २१ जना 

कपिलवस्तु (महाराजगंज ) - ४ जना 

रौतहट - २९ जना

सर्लाही - १० जना 

मन्त्रालयका अनुसार हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ११ हजार १०९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!