न्यूजिल्याण्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प (थप विवरण आउन बाँकी)

Posted on: 13 Nov, 2016

कात्तिक २८, एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसले भूकम्पको झट्का ७.४ रेक्टर स्केल मापन भएको जनाएको छ । क्राइष्टचर्चदेखि करिब ९५ किलोमिटर दुरीमा रहेको स्थानमा भूकम्प गएको हो । 

क्राइष्टचर्च लगायत ठूलो क्षेत्रमा उक्त भूकम्प महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । क्षति विवरण भने आइसकेको छैन । सन् २०११ मा पनि क्राइष्टचर्चमै शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा १ सय ८५ जनाको मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!