अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुनबिच फोनवार्ता

Posted on: 10 May, 2018

वैशाख २७ वासिङटन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फोन वार्ता गर्नुभएको छ । 

उत्तर कोरियाली नेता किमसँग हालै भएको शान्ति सम्झौताका साथै आगामी दिनमा अमेरिका र उत्तर कोरिया भेटावार्ताका बारेमा फोनमा कुराकानी भएको जानकारी दिइएको छ । 

राष्ट्रपति ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भनिएको छ, दक्षिण कोरियाली नेता मुनसँग मेरो लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । 

उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भइरहेको बताइएको छ । आसन्न वार्ताको बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि राष्ट्रपति ट्रम्पले केही समयअघि कुराकानी गर्नुभएको थियो । 

मुनले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग भएको कुराकानी र स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्णनिशस्त्रीकरण गर्नेसम्बन्धी बिषयमा भएको सहमतिको बारे जानकारी दिनुभएको बताइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पनि आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको छ । यस शिखर वार्ताको तयारी दुवै देशले गरेका बताएका छन् । रासस÷एएफपी


यस बिषयमा तपाइको प्रतिक्रिया...!