सुरक्षा परिसरभित्रै आक्रमण, दश जनाको मृत्यु

Posted on: 29 Nov, 2018

मङ्सिर १३, काबुल | अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सुरक्षा परिसरभित्रै भएको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनको साथै अन्य १९ जना घाइते भएका छन् । 

अल जजिरा टेलिभिजन च्यानलले बिहीबार जानकारी दिएअनुसार बेलयातकोे एक सुरक्षा समूह (बृटिश सेक्युरिटी कन्ट्याक्टर) मा सो आक्रमण भएको गृह मन्त्रालयका प्रवक्ता नजिब दनिसले बताउनु भएको छ । 

सरकारी अधिकारीहरुकाअनुसार यस आक्रमणमा आत्मघाती बम आक्रमणलगायत सुरक्षाबल र आतङ्ककारीबीच दोहोरो गोली हानाहान भएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!