बम विस्फोटमा परी १२ जनाको मृत्यु

Posted on: 07 Jul, 2019

असार २२, ऐजेन्सी |  अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन् । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन् । 

आइतबार भएको विस्फोटन पनि त्यसैको श्रृङ्खला भएको र विस्फोटनमा परी अरु कैयौं घाइते भएको जनाइएको छ । गुप्तचरसम्वन्धी एक कार्यालय नजिकै विस्फोटन भएको हो । 

अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकूको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ । अफगानिस्तानमा १८ बर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धी हुनभने सकेको छैन । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले १२ जनाको मृत्यु भएको र १७९ घाइते भएको जानकारी दिनुभयो । घाइते मध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!