क्रिसमस इभ मनाउन रिसोर्ट गएका एकै परिवारको डुबेर मृत्यु

Posted on: 25 Dec, 2019

पुस ९, एजेन्सी | क्रिसमस इभ मनाउन रिसोर्ट गएका एकै परिवार का तीनजना सदस्यको डुबेर मृत्यु भएको छ | रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए |


जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए | स्पेनमा रहेकी बेलायती महिलालाई फरेन अफिसले सहयोग गरिरहेको जानकारीमा उल्लेख छ ।

बुवा र छोरी दुबै बेलायती थिए भने दाइ भने अमेरिकन भएको बुझिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!