कोरोना भाइरसका कारण चिनमा गुगल,एप्पल,फेसबुक,अमेजोनले गरे काम बन्द

Posted on: 30 Jan, 2020

माघ १६, काठमाडौँ | चिनमा देखापरेको कोरोना भाइरसका कारण विश्वभरी त्रास फैलिएको छ | जसको कारण गुगल, एप्पल, फेसबुक, अमेजोन तथा माइक्रोसफ्टजस्ता बहुराष्ट्रिय टेक कम्पनीहरुले चीनमा रहेको कार्यलय बन्द गर्ने भएका छन् |

कम्पनीहरुले आफ्नो कर्मचारीको सुरक्षाका लागि कार्यलयहरु बन्द बताइसकेका छन् | विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना बैर्स्का कारण मृत्यु हुनेको संख्या  एक सय ७० पुगिसकेको छ | उक्त भाइरसले ७ हजार ७ सयलाई संक्रमण गरिसकेको छ |

हाल सम्म यो भाइरस विश्वका  १८ मुलुकमा फैलिसकेको ज्नाइएको छ | भाइरस फैलिन थालेपछि अमेजनले आफ्नो कर्मचारीको सुरक्षाको लागि कम्पनी बन्द गरेको बताएको छ | अर्को सूचना नआउने समयसम्मको लागि चीनमा आवत/जावत गर्न आफ्ना कामदारलाई निषेध समेत गरिसकेको छ |

चीनको अवस्था नाजुक रहेको भन्दै आफ्ना कामदारलाई चीन भ्रमणमा रोक लगाएको एप्पलले जनाएको छ | त्यस्तै चीन भ्रमण फेसबुकले पनि रद्द गरेको छ | गुगलले पनि चीनको मूख्य क्षेत्रको स्टोरहरु बन्द गर्न निर्देशन दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!