सालीसँग विवाह गर्न आफ्नै श्रीमतीको हत्या

Posted on: 04 Mar, 2020

फागुन २१, एजेन्सी | भारतमा एक व्यापारी आसिफले सालीसँग विवाह गर्न आफ्नै श्रीमतीको हत्या गरेका छन् | उनले  श्रीमतीको हत्या गर्नकालागि एक गिरोहलाई दुई लाख रुपैयाँ दिएको खुलेको प्रहरीले जनाएको छ |

त्यति मात्र होइन, यी व्यापारीले श्रीमतीको हत्या गर्न दुई पटक आफैंले खानामा विष मिलाएको पनि बताएका छन् | तर, सफल नभएपछि सुपारी दिएको बताएका छन् | उनले यसको कारण चाहिँ आफ्नो र सालीको प्रेम भएको बताएका छन् |

ती व्यापारीले आफूले सालीसँग विवाह गर्न चाहेको तर पत्नी त्यसमा बाधक भएको पनि बताएका छन्  तीन वर्षदेखि पत्नीसँग सम्बन्ध राम्रो नभएको र सालीलाई नै विवाह गर्ने योजना उनले बनाएको प्रहरीलाई जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!