साउदीमा राजपरिवारका उच्च सदस्य पक्राउ

Posted on: 08 Mar, 2020

फागुन २२, एजेन्सी | साउदी अरेबियाको राजपरिवारका दुई जना सदस्य पक्राउ परेका छन् | पक्राउ पर्नेमा राजा सलमानका भाई राजकुमार अहमेद बिन अब्दुल्लाजिज र भतिजा मोहम्मेद बिन नाइफ रहेका छन् |

अलजजिराका अनुसार राजपरीवारका दुबैजनालाई 'कू' को प्रयास गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको हो |

प्रयासमा संलग्‍न गृहमन्त्रालयका अधिकारीहरु, उच्च सैन्य अधिकारीहरु र अन्य शंकास्पद व्यक्तिहरुलाई बर्खास्त गरिएको वाल स्ट्रिट जर्नलले जनाएको छ | नाइफका भाइ राजकुमार नवाफ बिन नाइफलाई  पक्राउ गरि देशद्रोहीको मुद्दा लगाएको बताइएको छ |

साउदी अधिकारीहरुले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैन्न् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!