सार्क राष्ट्रका कुन देशमा कति छन् कोरोना संक्रमित ? (विवरणसहित)

Posted on: 24 Jul, 2020

साउन ९, काठमाडौं । चीनबाट शुरु भई विश्यव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर दक्षिण एसियाली देशमा बढ्दै गएको छ। दक्षिण एसियाली राष्ट्रहरुमध्ये हालसम्म भारतमा सबै भन्दा धेरै सक्रमित फेला परेका छन्। भारतमा संक्रमितको संख्या  १२ लाख ९० हजार २ सय ८४  पुगेको छ।  भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३० हजार ६ सय ५७  पुगेको छ। भारतमा हालसम्म ८ लाख १७ हजार ७ सय ३८  जना  संक्रमित संक्रमणमुक्त भएका छन्। 

पाकिस्तानमा हालसम्म २ लाख ७० हजार १ सय ९१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख १३ हजार १ सय ७५ जना उपचारपछि निको भएका छन्। 

श्रीलंकामा संक्रमितको संख्या २ हजार ७ सय ५३ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ७७ रहेको छ। बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार १ सय १० पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ८ सय १ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख १९ हजार २ सय ८ छ। अफगानिस्तानमा संक्रमितको संख्या ३५ हजार ९ सय २८ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ११ जनाको मृत्यु भइसकेको छ भने २४ हजार ५ सय ५० उपचारपछि निको भएका छन्। नेपालमा पनि १८ हजार २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १२ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् भने ४३ जनाको मृत्यु भएको छ। 

भुटानमा संक्रमितको संख्या ९२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८३ छ। यस्तै  माल्दिभ्समा संक्रमितको संख्या ३ हजार १ सय २० रहेको छ। मृत्यु हुनेको संख्या १५ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ४ सय २८ पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!