अब साउदीमा महिला पनि सेनामा भर्ती हुन पाउने

Posted on: 22 Feb, 2021

फागुन १०, काठमाडौँ । अब साउदी अरबका महिलाहरू पनि सेनामा भर्ना हुन् पाउने भएका छन् । साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती  खोल्ने बताएको हो ।

साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने त्यँहाको रक्षा मन्त्रालयले जनाएको छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको भिजन २०३० इनिसियटिभ अन्तर्गत महिलाहरूलाई सेनामा भर्ती गर्न लागिएको हो । यसरी उनीहरु सिपाहीदेखि सर्जेन्टसम्म पदमा  भर्ती हुनसक्ने छन्। सेनामा भर्ती हुन महिलाहरू २१ देखि ४० वर्ष उमेर, १५५ सेन्टिमिटर उचाइ,कुनै सरकारी जागिर नखाएको हुनुपर्ने छ । 

यस्तै भर्ती हुन हाइस्कुल उत्तीर्ण गरेकी र विदेशीसँग विवाह नगरेकी हुनुपर्ने जनाइएको छ । यसअघि सन् २०१८ मा साउदीले महिलालाई गाडी चलाउन अनुमति दिएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!