२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलहरुलाई आयोगले भन्यो- उपराष्ट्रपतिबारे बैठक राखेर निर्णय नलिनू

२०७९, २ चैत्र बिहीबार ०९:०४

चैत २, काठमाडौं | निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आग्रह गरेका छन् ।

आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका गतिविधि नगर्न भनेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय नगर्न राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ ।’

उपराष्ट्रपतिको निर्वाचनमा कित्ता क्लियर नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय लिन भोलि नै बैठक बोलाएको छ । कांग्रेसले पनि बिहीबार मौन अवधि सुरु भएपछि रामसहाय यादवलाई मत दिने निर्णय गरेको थियो ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट यादवसहित जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । झाको उम्मेदवारी निष्क्रिय बनाउने प्रयास भइरहेको छ । एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति