Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 28, 2023 समाज

दुई महिनाकी छोरी बोकेर मानव बेचबिखन धन्दामा, पति–पत्नीसहित ३ जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १४, काठमाडौँ | धादिङको धुनिबेशी नगरपालिका–२ घर भएकी सुस्मा मगराती अहिले मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा छिन् । २० वर्षीया सुस्माको साथमा दुई महिने छोरी छिन् । सामाजिक संस्था र भारतीय प्रहरीले दिल्लीस्थित वेश्यालयबाट उनलाई पनि उद्धार गरेर काठमाडौँ पठाएको थियो ।

तर, अनुसन्धानबाट उद्धार गरेर ल्याइएकी सुस्मा नै बेचबिखनमा संलग्न रहेको थाहा भएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवन श्रेष्ठले बताए ।

नेपालबाट प्रलोभनमा पारेर दिल्लीको वेश्यालयमा लगिएका ९ जना महिला र किशोरीहरूलाई उद्धार गरेर काठमाडौँ ल्याइएको छ । सुस्मा तिनैलाई लिएर काठमाडौँबाट नयाँ दिल्ली पुगेको प्रहरीको भनाई छ ।

सुस्मालाई उनका पति भुवन तामाङले काठमाडौँबाट वेश्यावृत्तिमा लगाउन किशोरी र महिलालाई दिल्ली छाड्न पठाएका हुन् । धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका उनका श्रीमान् २५ वर्षीय भुवन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी घर भएकी २० वर्षीया सम्झना तामाङ उर्फ सेन्जी तामाङ पनि छिन् । दिल्लीबाट उद्धार गरिएका महिला र किशोरीलाई ३ जना आरोपीहरू सहितको समूहले त्यहाँ पठाएको अनुसन्धानबाट खुलेको छ ।

आरोपीहरू विरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी श्रेष्ठले जानकारी दिए । सेन्जीले ८ जनालाई दिल्ली पठाएको अनुसन्धानबाट थाहा भएको छ ।