Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 7, 2023 समाज

‘क’ श्रेणीका ठेकेदार खगेन्द्र बुढामगर पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २४, काठमाडौँ | ठेकेदार खगेन्द्र बुढामगर पक्राउ गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बुढामगरलाई पक्राउ गरेको हो।

२ करोडभन्दा बढीको चेक बाउन्स मुद्दामा उनलाई पक्राउ गरिएको परिसरका एसएसपी दानबहादुर कार्कीले बताए। उनका अनुसार विभिन्न मिति र लाखौं रकम उल्लेख गरिएका चेकहरू बाउन्स भएपछि बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो।

ठेकेदार बुढामगरले काटेका २ करोड रुपैयाँभन्दा बढी रकमका ४ वटा चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेपछि बुढामगरले विभिन्न शक्तिकेन्द्रमार्फत् दबाब दिँदै रिहा हुन खोजे पनि उनको प्रयास सफल हुन सकेको छैन। नछुट्ने भएपछि अस्पताल भर्ना हुन भन्दै उनले दबाब समेत दिएको परिसर स्रोतले जनाएको छ। अहिलेसम्म भने उनी परिसरकै हिरासतमा छन्। रोल्पाको गाम निवासी बुढामगर राजनैतिक शक्तिकेन्द्रसँग निकट रहँदै सेटिङमा ठूला–ठूला आयोजनाहरूको ठेक्का पाउन सफलल व्यक्ति हुन्। उनको श्री जयन्ती निर्माण सेवा कम्पनी छ।

ठेक्कापट्टा लगायत अन्य व्यवसाय समेत गर्दै आएका उनी कारोबार गर्ने क्रममा चेक काटेर दिने तर, खातामा रकम भने नहुने गरेको पाइएको छ। रकम नउठेपछि ताकेता गर्दा विभिन्न पहुँचवालाको आडमा कुरा गर्दै उल्टै धम्की दिने गरेको पीडितहरूले बताएका छन्।