Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 12, 2023 समाज

‘जी टु जी’ मार्फत इजरायल पठाउने भनेर ३१ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २९, काठमाडौँ | सरकार टु सरकार अर्थात् जी टु जी मार्फत् इजरायल पठाउने भन्दै ठगी गरेको गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बर्दियाको गुलरिया नगरपालिका–३ खैरापुर घर भएका २६ वर्षीय सुनिल कुमार यादवलाई पक्राउ गरेको हो।

उनले रिता लामासहित २ जनालाई इजराल पठाउने र त्यहाँ पुगेपछि कृषि काम गर्नुपर्ने त्यसवापत मासिक २ लाख रुपैयाँसम्म तलब हुने भन्दै प्रलोभन देखाएर ३१ लाख ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको अपराध अनुसन्धाधन कार्यालयका एसपी तथा प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।