२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गठबन्धन दलले चुनाव जित्न मात्रै समर्थन गरेका छन्, वैशाख १० पछि यो सरकार ढल्छ : ज्ञानेन्द्र शाही

२०८०, १ बैशाख शुक्रबार १२:१५

बैशाख १, पोखरा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारमा रहेका पार्टीले चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन दिएको बताएका छन् ।

पोखरामा शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता शाहीले अहिलेको सत्ता साझेदार दलले चुनाव जित्नकै लागी मात्र सरकारलाई समर्थन गरेकाले वैशाख १० पछि सरकार ढल्ने बताएका हुन् ।

‘केही साथीहरुले अहिलेको सरकारलाई समर्थन गरेको भनेको आफु चुनाव लड्नलाई मात्रै हो । जुन दिन चुनाव जित्छन्, त्यहिँ दिन त्यो सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ । र सरकार ढल्छ,’ उनले भने ।

फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिले मुलुकलाई धरासाय बनाएको प्रवक्ता शाहीले आरोप लगाए । उनले भने, ‘हामी कुनै एउटा कक्षा फेल भयौं भने फेरि त्यहिँ कक्षा पढ्नुपर्छ । कक्षा बढाउन पाइदैन । तर, यहाँ जतिपटक फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिको विकास भयो । यसले मुलुकलाई धरासाय ग¥यो र तपाईंहरुले स्पष्ट बुझ्नुस् की वैशाख १० गते पछाडी संसदीय अंकगणितको राजनीति फरक तरिकाले अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ