Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 18, 2023 समाज

सप्तरीमा बस दुर्घटना हुँदा २१ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ५, काठमाडौँ | सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

मंगलबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका ८ मिलनचोकस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको बस अनियन्त्रित भइ पल्टिएको हो।

दुर्घटनामा घाइते भएकाहरुको युनिभर्सल अस्पताल कल्याणपुर र एडभान्स अस्पताल कल्याणपुरमा भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता सिंहले जानकारी दिए।