२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विभिन्न किसिमका प्रलोभन देखाई शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा होटल सञ्चालक पक्राउ

२०८०, ६ बैशाख बुधबार ०६:२२

बैशाख ६, दाङ | दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका सञ्चालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा पक्राउ परेका ४४ वर्षीय भुषाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई परपुरुषसँग शारिरीक सम्बन्ध राख्न लगाएको र इन्कार गर्दा पनि डर त्रास देखाउँदै गलत काम गर्न बाध्य पारेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा भुषाललाई यही वैशाख ४ गते दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि २०७९ साल मंसिर महिनाको अन्तिमदेखि चैत २७ गतेसम्म पटक–पटक होटलमा बोलाएर शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण