Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 14, 2023 समाज

४ जना नेपालीले प्रतिवर्ष १ लाख डलरसहितको पाए छात्रवृत्ति

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ३१, काठमाडौँ | अमेरिका सरकारले चार जना नेपालीलाई फुलब्राइट स्कलरसिप प्रदान गरेको छ ।

डा.सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवाललाई उक्त स्कलरसिप प्रदान गरेको हो । उनीहरूलाई प्रत्येक वर्ष १ लाख अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गर्नेछ ।

डा. गुप्ता, जसले सामुदायिक अस्पताल स्थापना गरेर नेपालमा स्वास्थ्य सेवाको लागी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनले एम.बि.बि.एस. काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज र धुलिखेल अस्पतालबाट स्नातक, अस्पताल प्रशासनमा स्नातकोत्तरको लागि बोस्टन विश्वविद्यालयमा प्रवेश गर्ने भएका छन्।

परियार लेखक तथा अभियान्ता हुन् भने उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातक उपाधि हासिल गरेकी सरिता परियारले कर्नेल विश्वविद्यालयबाट इन्टरडिसिप्लिनरी स्टडीजमा स्नातकोत्तर गर्ने भएकी छन् ।

लामिछाने नेपाल सरकारका उपसचिव हुन् । त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका शिशिर लामिछानेले एलएलएम अध्ययन गर्ने भएका छन् । जर्जटाउन विश्वविद्यालय मा डिग्री गर्ने भएका छन् ।

त्यस्तै रस्मिता सुवाल नेशनल फरेन्सिक अफिसमा वरिष्ठ वैज्ञानिक अधिकृत हुन् । भक्तपुर बहुमुखी क्याम्पसबाट रसायनशास्त्रमा स्नातक गरेकी रस्मिता सुवालले सिराक्युज विश्वविद्यालयबाट फरेन्सिक विज्ञानमा स्नातकोत्तर गर्ने भएकी छन् ।

फुलब्राइट स्कलरसिप भन्नाले अमेरिकी सरकारद्वारा विभिन्न देशका समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिहरुलाई लक्षित गरेर दुई वर्षका लागि दिने छात्रवृत्ति हो ।

यो छात्रवृत्ति पाउनेले जे १ भिसामा अमेरिका जान र त्यहाँका अति उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न पाउँछन् ।  उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर प्रतिवर्ष उपलब्ध गराइन्छ ।