१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पक्राउ पुर्जी जारी नहुँदै बालकृष्ण खाणकी कान्छी श्रीमती ‘फरार’, सिड्नी पुगेको खुलासा

१ जेष्ठ २०८०, सोमबार ०९:१५

जेठ १, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेसँगै उनकी कान्छीपत्नी मञ्जु खाण सम्पर्कविहीन छिन् । उनी श्रीमानलाई भेट्न हिरासत नपुगेका कारण विभिन्न अड्कलबाजी भइरहेका छन् ।

खाण पक्राउ पर्ने दिनसम्म मञ्जु काठमाडौंमा नै थिइन् । तर, श्रीमान र श्रीमती अलग-अलग बसिरहेका थिए । खाण मैजुबहालमा रहेको एक कांग्रेस नेताको घरबाट पक्राउ परेका हुन् । मञ्जु भने कुपण्डोलस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् ।

गत वैशाख २७ गते बुधबार बालकृष्णलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीसँग जानुअघि उनले श्रीमतीसँग भिडियो कल गरेको समाचारहरुमा जनाइएको छ । खाण पक्राउपछि मञ्जुको मोबाइल अफ भएको थियो । अहिलेसम्म पनि निरन्तर अफ छ । मञ्जु कहाँ छिन् भन्ने विभिन्न अड्कल भइरहँदा उनी अष्ट्रेलियाको सिड्नी पुगेको विश्वसनीय सूचना प्राप्त भएको छ । स्रोतका अनुसार श्रीमान पक्राउ परेको पर्सिपल्ट शुक्रबार बिहान ७ बजेतिर उनी सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी थिइन् ।

मञ्जुका छोरा क्षितिज कार्की र दाइ लामो समयदेखि सिड्नीमा बस्दै आएका छन् । छोराले नै मञ्जुलाई विमानस्थलमा रिसिभ गरेका थिए । अहिले छोरासँगै बसिरहे पनि उनी सार्वजनिक सम्पर्कमा छैनन् । उनले सोसल मिडिया पनि डिएक्टिभ गरेकी छन् । बालकृष्ण र मञ्जुको विवाह विवादित पनि छ । बालकृष्णले जेठी श्रीमतीसँग छोडपत्र नगरी मञ्जुसँग दोस्रो विवाह गरेका हुन् । मञ्जुको पनि यो दोस्रो विवाह हो । सिड्नीमा रहेका छोरा क्षितिज मञ्जुको पहिलो श्रीमानपट्टिका हुन् । पहिलो श्रीमानबाट मञ्जुका एक छोरी पनि छन् ।

बालकृष्णको पहिलो श्रीमती भने दिलमाया खाण हुन्, जो अहिले पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ मा बस्दै आएकी छन् । त्यहाँ बालकृष्णको पुर्ख्यौली घर छ । दिलमाया सरकारी स्थायी शिक्षिका हुन् । बालकृष्ण र दिलमायाको २०४३ सालमा मागी विवाह भएको थियो । सञ्चारमाध्यममा आएअनुसार उनीहरुका दुई छोरी छन् । एउटी छोरी बंगलादेशमा डेन्टिस्टका रुपमा काम गर्छिन् भने अर्की छोरी काठमाडौंकै एउटा अस्पतालमा नर्सिङ अधिकृत छिन् ।

बालकृष्ण र मञ्जुको भने २०५२ सालतिर विवाह भएको बताइन्छ । मञ्जु पनि राजनीतिक पृष्ठभूमिबाटै आएकी हुन् । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदा उनीहरुको प्रेम सम्वन्ध भएको थियो । मञ्जु अहिले नेपाली कांग्रेसकी समानुपातिक सांसद छिन् । बालकृष्णका जेठी र कान्छी श्रीमतीको अहिलेसम्म भेट भएको छैन । दिलमाया काठमाडौं आउँदा बालकृष्णको घरमा बस्दिनन् । मञ्जु पनि अहिलेसम्म बालकृष्णको पुर्ख्यौली घरमा पुगेकी छैनन् । दुई श्रीमतीमध्ये दिलमाया सोझी छिन् भने मञ्जु कडा स्वभावकी छिन् ।

शरणार्थी प्रकरणमा आफू पनि तानिन सक्ने डरले मञ्जुले देश छोडेको दाबी गरिएको छ । सामाजिक सञ्जालमा एउटा अडियो पनि भाइरल भएको थियो, जसमा अज्ञात व्यक्तिले मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवालाई करोडौं रुपैयाँ दिएको दाबी गरेका छन् । यद्यपि, प्रहरीले यो अडियोको आधिकारिकता पुष्टि गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण